यो वर्ष के के आउँदैछ?


नयाँ वर्षसँगै नयाँ अपेक्षा जोडिएर आउँछन्। सन् २०१२ मा प्रविधिमा के के नयाँ उत्पादन आशा गरिएका छन् त? आइप्याड मिनी अमेजनले २ सय डलर मै पाइने ट्याब्लेट किन्डल फायर सार्वजनिक गरेर लोकप्रियता कमाएपछि एप्पलले पनि प्रतिस्पर्धामा उत्रन आइप्याडलाई परिवर्तित स्वरुपमा ल्याउने अनुमान गरिएको छ। आधिकारिक रुपमा केही सार्वजनिक नभए पनि सानो खालको संभवतः ७ इञ्चको आइप्याड २ सय ९९ डलरमा बेच्ने गाइँगुँइ सुनिएको छ। यो मिनी आइप्याडको क्षमता १६ जीबी हुने अनुमान छ। अल्ट्राबुक ल्यापटपको विकल्पमा नेटबुक र आएको हो। यो वर्ष नेटबुकको विकल्पका रुपमा अल्ट्राबुक आउने आशा गरिएको छ। यो पातलो र हलुका भएकोले बोकेर हिँड्न सजिलो हुनेछ। ५ देखि ८ घण्टासम्म ब्याट्री थाम्ने भएकोले नेपाल जस्तो लोडसेडिङपीडित देशहरुका लागि पनि यो उपयोगी साबित हुनेछ। अहिले यस्ता अल्ट्राबुकहरु अन्तर्राष्ट्रिय बजारमा ८ सय डलर घटीमा पाइन्न। यो वर्ष क्षमता उही भए पनि मूल्य कम भएका अल्ट्राबुकहरु बजारमा आउने आशा गरिएको छ। नयाँ म्याकबुक एअर म्याक बुक प्रो र एअरको नयाँ डिजाइन आउने हल्ला पविधि क्षेत्रमा छ। म्याकबुक एअर अहिले नै सबैभन्दा पातलो ल्यापटप हो। योभन्दा पातलो डिजाइन आउने हो कि हैन, विज्ञहरु नै अन्यौलमा छन्। किन्डल फायर टु समीक्षकहरुले त्यति राम्रो नभने पनि अमेजनको किन्डल फायर निकै हिट साबित भयो। एप्पलको आइप्याड बजारमा ठूलै असर नपारे पनि यसले उसलाई एक पटक सोच्न भने बाध्य बनायो। अब किन्डल फायरको दोस्रो संस्करणले आइप्याडलाई अझै चुनौति दिने आशा यो वर्ष गरिएको छ। अमेजनले १० इञ्चको ट्याब्लेट सस्तोमा बजारमा ल्याउने आशा प्रविधि क्षेत्रमा गरिएको छ। आइफोन फाइभ आइफोन फाइभ बजारमा आउने अनुमान त बितेको वर्ष नै गरिएको हो। तर एप्पलले आइफोन फाइभको सट्टा फोरमा नै केही सुधार गरेर आइफोन फोर एस ल्याइदियो। त्यसैले यो वर्ष आइ फोन फाइभ आउने लगभग निश्चित छ। जुन कि नोभेम्बर, कुन महिनामा यो बजारमा आउला अनिश्चित नै छ। नयाँ डिजाइन र निकै तीव्र गतिमा इन्टरनेट चल्ने फोर जी नेटवर्कमा समेत आइफोनको यो संस्करण चल्ने आशा गरिएको छ। आइप्याड थ्री ट्याब्लेट क्रान्ति गरेको एप्पलको आइप्याडको नयाँ सस्करण आइप्याड थ्री यो वर्षको फेब्रुअरी वा मार्च महिनामा लन्च हुने अपेक्षा गरिएको छ। यस पटक आइप्याडले के के परिवर्तन गर्ला भन्ने निश्चित नभए पनि स्त्रि्कन रेजोल्युसन अझ बढी हुने अर्थात् अझ राम्रो दृश्य देखिने आशा गरिएको छ। नुक ट्याब्लेट टु बार्नस एन्ड नोबलले बनाएको नुक ट्याब्लेटको नयाँ मोडल पनि यही वर्ष आउने अपेक्षा गरिएको छ। यसको मोडल वर्षको अन्त्यतिर, नोभेम्बरमा अपेक्षा गरिएको छ। निकोन डी ८०० निकोनको नयाँ पुस्ताको क्यामेरा बितेको वर्ष नै आउने अपेक्षाले मूर्त रुप नलिए पनि यो निकोन डी ८०० यही वर्षको पहिलो केही महिनाभित्रै बजारमा आउने आशा गरिएको छ। यसले ३६ मेगापिक्सेलसम्मको फोटो खिच्न सक्ने र मूल्य तीन हजार अमेरिकी डलर पर्ने अनुमान छ। क्यानन ५ डी मार्क थ्री निकोन कै जस्तै क्याननको डिजिटल क्यामेराको पछिल्लो उत्पादन पनि गएको वर्ष नै बजारमा आउने अपेक्षा गरिएको थियो। जापानमा भूकम्प र सुनामीले र थाइल्यान्डमा बाढीले मच्चाएको विध्वंसका कारण यो ढिला भएको हुनसक्ने अनुमान गरियो। क्यानननको पछिल्लो क्यामेरा ५ डी मार्क टुको अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब दुई हजार डलर रहेको छ। नयाँको मूल्य २५ सय डलरको हाराहारीमा रहने अपेक्षा छ। विन्डोज ८ विन्डोज ७ पछि माइक्रोसफ्टले विकास गरिरहेको पछिल्लो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ८ हो। यसले पहिलेको इन्टेल र एमडीको एक्स८६ माइक्रो प्रोसेसर मात्र नभएर एआरएम माइक्रोप्रोसेसरलाई पनि सपोर्ट गर्छ। स्मार्टफोनहरुमा विशेष गरी यस्ता माइक्रोप्रोसेसर प्रयोग हुने गर्छ। विन्डोजको यो नयाँ संस्करण माउस, किबोर्ड, पेन बाहेक टचस्त्रि्कन अर्थात स्त्रि्कनमा छोएर चलाउन मिल्ने गरी बनाइएको छ। माइक्रोसफ्टले यो कहिलेसम्म रिलिज हुन्छ भनी अहिले नै बताइनसकेको भए पनि यही वर्ष हुने अपेक्षा प्रविधि जगतमा गरिएको छ । (सीनेट)

More.......


अब स्क्यान गर्ने माउस


तपाइँलाई आफ्ना डकुमेन्ट स्क्यान गर्नैपर्नेछ । तर आफुसँग स्क्यानिङ मेसिन नहुँदा स्क्यान गर्न कता जाने होला ? भन्ने चिन्तामा हुनुहुन्छ भने अब तपाइँको चिन्ता दूर हुने भएको छ । अब यस्तो प्रविधि आउँदैछ जसबाट तपाइँको कम्प्युटरको माउसले नै तपाइँका डकुमेन्ट स्क्यान गर्नेछ । एलजीले छिटै ल्याउन लागेको एलएसएम-१०० स्मार्टस्क्यान माउसले अब स्क्यानरको भूमिका समेत निभाउनेछ । यो माउसमा दुइवटा बटन हुनेछन् । जसलाई थिचेर तपाइँले माउसको स्क्यानर चालु गर्न सक्नुहुनेछ । यसका लागि स्क्यान गर्नुपर्ने पेपरमाथि माउसलाई घुमाउनुपर्नेछ । यसो गर्दा कम्प्युटरको स्त्रिmनमा माउसमा स्क्यान भएको पेपरको तस्वीर आउनेछ । यदि कागजको सबै अंश स्क्यान नभएको भए त्यो अंशमा फेरी माउस लगेर घुमाएपछि पूरै डकुमेन्ट स्क्यान हुनेछ । अबको केही महिनामै बजारमा आउने यो माउसको मुल्य ५ हजार ६ सय रुपैयाँ पर्नेछ ।

More.......


फेसबुकबाट कसरी बढाउने व्यापार ?


फेसबुक साथी बनाउने र गफिने माध्यममात्र होइन । यसलाई प्रभावकारी व्यवसायिक साधनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कम्पनीहरुले आफ्नो उत्पादनको बजारीकरण गर्न तथा उपभोक्ताहरुसागको सम्बन्धलाई गाढा बनाउन फेसबुकको प्रयोग कामयावी बन्दछ । अहिले धेरै कम्पनीहरुले संचार माध्यममा दिने विज्ञापनमा हामीलाई फेसबुकमा पनि भेट्न सकिन्छ भनेर फेसबुक अकाउन्ट पनि दिएका हुन्छन् । वास्तवमा फेसबुक कुनैपनि कम्पनीको उसका ग्राहकसाग दोहोर अन्तरक्रिया गर्ने भरपर्दो माध्यम बन्नसक्छ र फेसबुकका माध्यमबाट ग्राहकका गुनासा र समस्याको तत्कालै समाधान गर्न पनि सकिन्छ । यसले गर्दा ग्राहकमा कम्पनीको सेवाप्रतिको सन्तुष्टिमा वृद्धि हुनजान्छ । फेसबुकमार्फत लक्षित वर्गसम्म पुग्ने बाटो कम्पनीहरुका लागि पनि सहज हुन्छ । व्यापारिक प्रयोजनका लागि फेसबुकको प्रयोग गर्ने केही काइदा यहाँ प्रस्तुत छन् : · यदि तपाइँको बिजनेस अकाउण्ट छैन भने खोल्नुहोस् र त्यसक्रममा फेसबुकका नियमलाई राम्रोसँग ध्यान दिनुहोस् । · आफ्नो प्रोफाइल पूर्ण रुपमा भर्नुहोस् ता की तपाइँलाई अरुले विश्वास गर्न सकोस् । · आफ्नो ब्लग र अरु सोसल मिडिया अकाउण्टबाट फेसबुक प्रोफाइलमा आउने सन्देशहरुलाई एकिकृत गर्न उपयुक्त एप्लिकेसन राख्नुहोस् तर त्यसक्रममा अनावश्यक सन्देशहरु आउनेतर्फ सचेत हुनुपर्छ । · व्यक्तिगत विषयलाई गोप्य राख्न फेसबुकको प्रोफाइल सेटिङमा गएर प्राइभेट बनाउनुहोस् । · आफ्नो प्रडक्ट वा कम्पनीको विश्वसनीयता कायम गर्न वालमा सर्भे तथा अनुसन्धान सम्बन्धि तथ्यांकहरु अपडेट गर्नुहोस् । · लक्षित वर्गसम्म प्रडक्टलाई पूराउन गुगल विज्ञापन समेत लिनुपर्छ । · प्रडक्ट, ब्रान्ड तथा व्यवसायको प्रवर्धनका लागि फ्यान पेज बाट सुरु गर्न सकिन्छ । अहिले फेसबुक ग्रुप पुरानो भैसकेको छ । फ्यान पेजमा कम्पनीको वेबसाइटमा जाने लिंक तथा कम्पनीको बारेमा जानकारी प्राप्त गर्न सकिने माध्यमका बारेमा जानकारी दिनुहोस् । · कम्पनीले गर्न लागेका विभिन्न अन्तरक्रिया, सेमिनार तथा अरु कार्यक्रमको बारेमा फेसबुकमार्फत नै जानकारी गराउनुहोस् ।

More.......


How do I transfer photos in iPhoto (mac computer) to a flash drive?


Welcome everybody. I just registered and was wondering that I will make a little offtopic here. If the category is wrong, moderation, please move it to proper forum category. That is my first message on that forum. I would be glad if anybody was able to help me with that issue. The one who can resolve my problem gets served with bottle of beer :) _______________ wyszukiwarka mp3

More.......


Adding Facebook Button to your Site


The Like button lets a user share your content with friends on Facebook. When the user clicks the Like button on your site, a story appears in the user's friends' News Feed with a link back to your website. When your Web page represents a real-world entity, things like movies, sports teams, celebrities, and restaurants, use the Open Graph protocol to specify information about the entity. If you include Open Graph tags on your Web page, your page becomes equivalent to a Facebook page. This means when a user clicks a Like button on your page, a connection is made between your page and the user. Your page will appear in the "Likes and Interests" section of the user's profile, and you have the ability to publish updates to the user. Your page will show up in same places that Facebook pages show up around the site (e.g. search), and you can target ads to people who like your content. There are two Like button implementations: XFBML and Iframe. The XFBML (also available in HTML5-compliant markup) version is more versatile, but requires use of the JavaScript SDK. The XFBML dynamically re-sizes its height according to whether there are profile pictures to display, gives you the ability (through the Javascript library) to listen for like events so that you know in real time when a user clicks the Like button, and it always gives the user the ability to add an optional comment to the like. If users do add a comment, the story published back to Facebook is given more prominence.

More.......